• बैशाख १० २०८२, बुधबार

सुनसरीमा दुर्घटना, ३ जनाको मृत्यु १० जना घाइते

माघ ६ २०७७, मंगलवार

इनरुवा । सुनसरीको दुहबीमा  आज माइक्रो र मोटरसाइकल  ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा-३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

नगरपालिका-१० स्थित भित्री सडकमा भएको दुर्घटनामा मोरङ विराटनगर-१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा-८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज-७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ-३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र-१० का २३ वर्षीय भरत यादव, इनरुवा-८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा-३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १-०२-००१ ज ३८६८ नम्वरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने माइक्रो चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।