काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिनेको संख्या ह्वात्तै बढेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।
बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट खुल्ला गरेको थियो ।