• बैशाख १० २०८२, बुधबार

डडेल्धुरामा ट्याक्टर दुर्घटना ! एकको मृत्यु  ५ जना घाइते

माघ ६ २०७७, मंगलवार

काठमाडौं । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ ।   सदरमुकाम नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्  ।

कच्ची सडकबाट से १ त ३८१३ नम्बरको ट्याक्टर केही तल खस्दा एकजनाको घट्नास्थलमै मृत्यु भएको हो। जिल्लाको अमरगढी नगरपालिका–२ मा उक्त ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्माली गाउँका गणेशबहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।