• जेष्ठ २६ २०८२, आईतवार

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना सङ्क्रमण

माघ ६ २०७७, मंगलवार

काठमाडौँ। देशभर थप ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ। त्यस्तै तीनहजार ७६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ४४१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म नेपालमा दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् ।

यसैगरी पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म एक हजार ९६९ जना सङ्क्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। ।