• बैशाख ९ २०८२, मंगलवार

ललितपुरमा घरभित्रै दम्पती मृत फेला

माघ ६ २०७७, मंगलवार

ललितपुरमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।

भित्रबाट लक गरिएको अवस्थामा उनीहरुको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

राजविराज स्थायी घर भएका उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए । तर, उनीहरु बालकोटस्थित छोरीको घरमा गएका वेला घटना भएको हो । आइतबार बिहानसम्म सम्पर्क भए पनि सोमबार बिहान फोन नउठेपछि उनीहरु घर जाँदा घटनाबारे थाहा पाएको बताइएको छ । प्रहरी सोमबार बिहान ११ बजे घटनास्थलमा पुगेको थियो ।

उनीहरूको शव पोष्टमर्टमका लागि ललितपुरको पाटन अस्पतालमा लगिएको छ। प्रहरीले मृत्युको कारण खोज्ने प्रयास गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मृत पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो ।