• बैशाख १० २०८२, बुधबार

मन्त्रिपरिषद बैठक सुरु, आधा दर्जन सचिवको सरुवा हुन सक्ने

माघ ५ २०७७, सोमबार

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक सुरु भएको  हो ।

बैठकले नियमित प्रस्तावसँगै केही सचिवकोसमेत सरुवा गर्न सक्ने बालुवाटार स्रोतले जनाएको छ । जसमा गृह, सामान्य प्रशासन, अख्तियार, निर्वाचन आयोग, शिक्षा, सार्वजनिक खरिद अनुगमन, उद्योग, वाणिज्यलगायत आधा दर्जन जति सचिवहरूको सरुवा हुन सक्ने ती स्रोतको भनाई छ ।

सचिवको सरुवाबारे केही दिन अघिदेखि नै चर्चा सुरु भए पनि कसलाई कहाँ सरुवा गर्ने भन्नेबारे निक्र्यौल भई सकेको थिएन । ‘आजै हुन पनि सक्छ या मिलेन भने केही दिनपछि पनि हुन सक्छ’ ती स्रोतले भने, ‘मोटामोटी त यो यहाँ भन्ने भई सकेको छ तर त्यति सहज पनि छैन ।’