• जेष्ठ २६ २०८२, आईतवार

पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना सङ्क्रमण

माघ ५ २०७७, सोमबार

काठमाडौँ। देशभर थप ३२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ६४४ जना सङ्क्रमित भएका छन् । यस्तै तीनहजार ८६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ३७४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म नेपालमा दुई लाख ६१ हजार ८१८ जना सङ्क्रमित निको भइसकेका छन् ।

यसैगरी पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा एक हजार ९६५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।