• मंसिर १२ २०८१, बुधबार

माघ १६ पछि आमहड्तालमा जाने प्रचण्डकोचेतावनी, नेता–कार्यकर्तालाई तयारी गर्न निर्देशन

माघ ५ २०७७, सोमबार

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खलनायक र भेडाको संज्ञा दिदै आफू पनि भेडा भएकोप्रति चिन्ता लागेको जनाएका छन् । दाहाल-नेपाल समूहनिकट अखिल नेपाल महिला संघको काठमाडौंमा भएको भेलालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने -‘हामीले केपी ओली जस्ता भेडाहरूको संगत गरियो, हामी पनि भेडा भयौँ किन भन्ने चिन्ता लागेको छ। घरी घरी ऐनामा हेर्नुपरेको छ’, उनले भने, ‘तर हामी सिंहका सन्तान हौँ। हामी सिंहका सन्तान जुरुक्क उठेर गर्जिँदा भेडाहरू ठेगान लाग्छन्।’

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी समेत दिएका छन् । आगामी माघ १६ पछि प्रधानमन्त्री ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिदै त्यसका लागि तयारीमा लाग्न समेत प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । प्रचण्डले ओलीसँग सहकार्य गर्ने क्रममा आफूबाट पनि केही कमजोरी भएको स्वीकार्दै त्यसप्रति अहिले गल्ती महसुस भएको बताए ।  ‘उहाँको भुलभुलैया, जिद्दिलाई मान्नु मेरो पनि केही गल्ति हो’, प्रचण्डले भने  । उनले भ्रममा परेर केपी पक्षमा गएकाहरुपनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।