काठमाडौं । सर्वोच्च अदालतम संसद विघटनविरुद्धको रिटमाथि बहस भइरहेको छ । बिहान साढे ११ बजेदेखि ३ बज्न लाग्दा समेत आफ्नो बहस नसकेपछि इजलासले बहस गर्ने अधिवक्तालाई प्रश्न गरेका छन् । अधिवक्ता दिनमणि पोखरेलले बिहानदेखि बहसमा सहभागी भएलगत्तै ३ बज्न लाग्दा पनि सक्ने लक्षण नदेखाएपछि इजलासले छोटो पार्न सुझाव दिदै प्रश्न गरेको हो । इजलासबाट अनिलकुमार सिन्हाले भने, ‘कति समय लिनुहुन्छ तपाईं ? अरुलाई पनि समय दिनुपर्ला ।’
‘३६३ वटा वकालतनामाहरू परेका छन् । यो सुनुवाइ गर्दागर्दै चुनावको तयारी सम्पन्न भई, झारखण्डको चुनाव जस्तो, यो संसद विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र पब्लिक मतका लागि जागिसकेको हुनाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला,’ उनले भने, ‘यहाँहरूले समयलाई म्यानेज गर्नुस् ।’न्यायाधीश सिन्हाले भने ।
जवाफमा पोखरेलले अगाडि नै पनि आफूले थप ३० मिनेट बहस समय लिने स्मरण गराए ।
न्यायाधीशहरूले लामो समय नलिन आग्रह गरेपछि पोखरेलले बहस टुंग्याएका छन् ।