• बैशाख ९ २०८२, मंगलवार

नेपालमा ३ जनामा नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि

माघ ५ २०७७, सोमबार

काठमाडौं । बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो । नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको

थियो।