• फाल्गुन २७ २०८१, मंगलवार

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

माघ ४ २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् । दुगडलाई मन्त्रीसरहको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो ।

दुगडले आफू प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको जानकारी दिए । ‘मैले १३ महिना उद्योग राज्यमन्त्री भएर काम गरेकै आधारमा प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको हो’, उनले भने ।

यसअघि, उद्योग मन्त्रालय मात्रै हेरेकोमा अब अर्थ मन्त्रालयमा निजी क्षेत्रको कुरा पनि लैजाने उनले बताए ।