• मंसिर ११ २०८१, मंगलवार

प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा नेपालकै सबभन्दा ठूलो ट्रेड सेन्टर संचालनमा आउँदै

माघ ४ २०७७, आईतवार

लोकतन्त्र स्थापना भएसँगै नेपालमा उद्योग, कलकारखाना तथा उत्पादनमूलक प्रतिष्ठानहरु खुल्नेक्रम जारी छ । तर जुन गतिमा उत्पादनमूलक व्यायसाय खुल्न सुरु हुनु पर्ने हो त्यति भने भएको छैन । बाटोघाटो, यातायातका साधन र प्रविधिको विकाससँगै आवश्यक पर्ने कुराहरुमा देश आत्मनिर्भर बन्नका लागि राज्यले निजी क्षेत्रसँग सहकार्य गर्नु जरुरी हुन्छ । नेतृत्व सरकार स्वयम्ले गर्ने गरी गरिरहेको हालसम्मको निर्माण मोडल अब पुरानो भैसकेको छ । यस कारण पनि सरकारले निजी क्षेत्रलाई सहभागी गराउने पहल लिएर उत्पादनमूलक काममा अघि बढ्नु पर्छ । यसले स्वदेशी पुँजी निर्माण र स्वदेशी पुँजीपतिलाई प्रेरणा, प्रोत्साहन र संरक्षण गर्न मद्दत गर्दछ । यस्ता काम अघि बढाएमा सरकारको अभिभावकत्व पनि कायम रहन्छ । प्रविधिको विकास र विश्वव्यापीरुपमा फैलिरहेको सञ्चार माध्यको पहुँचका कारण विश्वको कुनै पनि कुनामा उत्पादन भएका वस्तुहरु संसारका विभिन्न क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरुमा विना ढिलाइ पुग्ने अवस्था आएको छ ।

विश्व झण्डै १०० वर्ष अघिको अवस्थाबाट निकै नै अघि बढिसकेको छ । प्रविधिको तिब्र विकासले १०० जना मजदूरले गर्ने काम १० वटा मेसिनले गर्ने अवस्था सिर्जना गराएको छ । संसारभर उत्पादन भएका वस्तुहरु अब एकै ठाउँमा पाइने भएका छन् । जसका कारण विश्व बजारमा श्रमका लागि फैलिएका मजदूरहरु अब बिस्तारै सेवा क्षेत्रमा धकेलिँदै गएका छन् । नेपालमै पनि काठमाडौं लगायतका सहरहरुमा व्यवसायिक उद्देश्यले बजारहरु बनाउने र ठूलाठूला मलहरु खुल्ने क्रम तीब्रतामा अघि बढिरहेको छ ।

नेपालकै व्यापारिक सहर तथा राजधानी काठमाडौंमा यस्ता व्यावसायिक मलहरु खुलिरहेका छन् । यसैबीच काठमाडौंको मुटु मानिने न्यूरोडको नजिकै महाङ्काल मन्दिर अगाडि नेपाली सेनाको करिब ९० बर्ष पुरानो पुरातात्विक महत्वको त्रिचन्द्र मिलिटरी हस्पिटल रहेको स्थानमा आधुनिक भवन बनेको छ । सो भवन नेपाली सेनाले बनाएको हो । भवन व्यावसायिक उद्देश्य राखेर निर्माण गरिएको छ । भवन निर्माण सम्पन्न भएपछि विवादमा आएको भएपनि हाल सो भवन भाडामा गइसकेको छ । २०७२ को भूकम्पअघि १४ तल्लाको बनाउने भनिए पनि भूकम्पीय सुरक्षाका कारण सो भवन अहिले ८ तलामा सिमित छ । नेपाली सेनाले बोलपत्रको माध्यमबाट आवश्यक कागजी प्रक्रिया पुर्याएर भवन भाडामा दिइसकेको छ । सो भवन श्री जयन्ती निर्माण सेवालाई नेपाली सेनाले भाडामा दिएको छ ।

सो कम्पनीसित सेनाले मासिक ४ करोड ११ लाख ११ हजारमा भाडा उठाउने सम्झौतामा उल्लेख गरिएको छ । सो भवन भाडामा दिए बापत सेनालाई वार्षिक ४९ करोड ३३ लाख आम्दानी हुन्छ ।

श्री जयन्ती निर्माण सेवा नामक सो कम्पनीले नै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई सहभागी गराई श्रीजयन्ती ट्रेडसेन्टर प्रा.लि स्थापना गरि सो प्रा.लिको नामबाट समेत आफूले भाडामा लिएको सो भवन व्यापारीहरुलाई भाडामै दिएको छ । सो निर्माण कम्पनीका सञ्चालक रोल्पा गामका खगेन्द्र बुढामगर हुन् । बुढामगर निर्माण व्यवसायी हुन् । सेनाको भवन भाडामा लिएको सो निर्माण कम्पनीले नै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई सहभागी गराई श्री जयन्ती ट्रेड सेन्टर प्रा.लि नामको नामबाट आफूले भाडामा लिएको सो सेनाको भवन व्यापारीलाई भाडामै दिएको छ । भाडामा लिने र केही नाफा आउने गरी व्यापारीलाई नै भाडामा दिने गरी सम्झौता गरिएको सो भवन अब पूर्णरुपमा व्यावसायिक भवनमा रुपान्तरण भएको छ । तर भवनमा भाडामा लिइएका कोठाहरुमा साना किराना तथा खुद्रा पसलहरु नभई होलसेल पसलहरु सञ्चालनमा आएका छन् । सो व्यवसायीक भवन नेपालकै ठूलो व्यापारीक केन्द्र मानिएको छ ।

यसरी अब विश्व बजारमा पाइने हरेक सामान त्यहाँ पाउन सकिने भएको छ । सो भवनको पहिलो र दोस्रो तला बुकिङ भइसकेको र तेश्रोदेखि पाचौं तलासम्म धमाधम बुकिङ भइरहेको छ । यसैगरी छैठौं तलामा भने चिनियाँ व्यापारीले बहुप्रतिष्ठित चिनियाँ कम्पनीको कार्यालय स्थापनाकालागि बुकिङ गरिसकेका छन् । सो भवनको सातौं र बाँकी तलामा अन्तराष्ट्रिय स्तरको होटेल, रेष्टुरेन्ट र पाटीप्यालेस खोल्न सकिने सुविधायुक्त ठाउँ रहेको छ । सो भवनमा फुडस्टल, बेकरी तथा कफी बार पनि खोल्न सकिनेछ । साथै सो भवनमा बैंक, इन्स्योरेन्स कम्पनी, फाइनान्स आदि संस्थाहरु सञ्चालन गर्न सकिने छ ।

साथै भवन परिसरको भूईंतला भन्दा मुनि १५० वटा गाडी, २ हजार मोटरसाइकलहरु पार्किङ गर्न सकिनेछ । साथै नजिकै रहेका महांकाल र संकटा मन्दिरमा पुजा गर्न जानेहरुका लागि शनिबारका दिन ५० प्रतिशत छुटमा पार्किङ गर्न दिइनेछ । हाल सोही स्थानमा कम्पनीले चौबिसै घण्टा पार्किङको सुविधा दिइरहेको छ । माघदेखि सो व्यवसायीक भवनमा क्रमिकरुपमा व्यापार सुरु भइरहेको छ । असार १ गतेदेखि सो व्यापारीक भवन सञ्चालनमा आउने गरि नेपाली सेनाबाट स्वीकृति प्राप्त भइसकेको व्यवस्थापन पक्षले जनाएको छ ।

हाल त्यहाँ अझैं पनि इन्टेरियर डेकोरेशनको काम भइरहेको व्यवस्थापन पक्षले जानकारी दिएको छ । श्रीजयन्ती ट्रेड सेन्टरले सो भवनलाई ‘होलसेल हब’का रुपमा सञ्चालन गर्ने बताएको छ । माघदेखि क्रमिकरुपमा सो व्यवसायिक भवनमा व्यापार सुरु भइरहेको छ भने २०७८ असार १ देखि सो भवनमा पूर्णरुपमा सञ्चालनमा आउने व्यवस्थापन पक्षले जनाएको छ । सो व्यवसायिक भवनले ११ रोपनी १५ आना २ पैसा १ दाम क्षेत्रफल जमिन ओगटेको छ ।

को हुन् खगेन्द्र बुढामगर ?

२०३२ सालमा रोल्पाको गाममा जन्मेका खगेन्द्रको व्यवसायिक जिन्दगी निकै रोचक रहेको छ । मानिसलाई प्रगति गर्नका लागि भूगोल, जात, धर्मले छेक्दैन । रोल्पा प्राकृतिक रुपले विकट छ, तर त्यहाँको सुन्दरता र मानिसको लगनशीलतालाई त्यहाँको विकटताले छेकेको छैन । पहाड र विकट ठाउँका मानिसलाई आफूलाई ठूला ठान्ने केही मानिसले गवाँर ठाने पनि त्यही गवाँरले नै देश बनाउने प्रगति गर्न सक्छन् । त्यसको जीउँदा उदाहरण हुन्- खगेन्द्र बुढामगर । आफ्नै मेहनत र लगनबाट सम्पति जोडेर सम्मानित बनेका बुढामगर विरलाकोटी उदाहरणमा पर्दछन् । खगेन्द्र पहाडमै जन्मिए र पहाडमै हुर्किए । पहाडको हावापानीमै उनको बाल्यकाल बित्यो ।

जवानहुँदै जाँदा पलाएका इच्छा र आकांक्षाअनुरुप काम गर्दै जाँदा एक सफल व्यवसायी बन्न सफल उनी उनका शुभचिन्तकका लागि ‘रोल मोडल’ बन्न पुगेका छन् । उनलाई धेरैले एक सफल व्यवसायीका रुपमा चिन्छन् ।

उनी व्यवसायी मात्र नभई मनकारी समाजसेवी पनि हुन् । २०५३ सालमा व्यवसाय सुरु गर्दा उनी मात्रै २१ वर्षका थिए ।

गाउँ, समाज, प्रशासन तथा व्यवसायी प्रतिष्ठानमा निरन्तर सम्पर्कमा रहँदै काम गरेका खगेन्द्र यति छिट्टै सफल बन्दै गए कि ३३ वर्षमै उनले आफ्नो व्यवसायलाई ‘क’ वर्गको निर्माण कम्पनी बनाउन सफल भए । उनी हाल श्रीजयन्ती निर्माण सेवाका अध्यक्ष रहेका छन् । सो कम्पनीले हाल सडक निर्माण, जलविद्युत निर्माण सम्बन्धी निर्माण कार्य र पुलहरु बनाउने कामहरु गरिरहेको छ ।

खगेन्द्रले विएम ट्रेडर्स एण्ड सप्लायर्स पनि सञ्चालनमा ल्याएका छन् । त्यतिमात्र होइन, उनले श्री जयन्ती ग्याबिन बहुउद्देश्यीय उद्योग चलाएर केही युवाहरुलाई रोजगारी पनि दिएका छन् । उनले स्थापना गरेका सबै कम्पनीहरुमा हजार भन्दा बढी युवालाई रोजगारी दिएका छन् । काम गर्दै जाँदा सफलता हात पार्दै गएका बुढा त्यतिमा मात्रै सिमित रहेका छैनन् । उनले विएम एण्ड के कन्सट्रक्सन कम्पनी स्थापना गरेर आफू त्यसको प्रबन्ध निर्देशक रहेका छन् ।

‘धनले धन तान्छ’ भने झैं व्यवसायबाट कमाएको पैसा उनले बैंकमा पनि लगानी गदै गएका छन् । उनी राष्ट्रिय ‘क’ वर्गको मेगा बैंकमा सबल प्रोमोटर पनि हुन् । त्यसैगरी पछिल्लो चरणमा व्यवसाय फस्टाउँदै जाने क्रममा उनले काठमाडौं र देशकै मुटु मानिने काठमाडौंको न्यूरोडसँगै जोडिएको महांकाल मन्दिरको अगाडि रहेको नेपाली सेनाले निर्माण गरेको बहुउद्देश्यीय भवन भाडामा लिएर व्यवयाय गरिरहेका छन् । जयन्ती ट्रेडसेन्टर प्रा.लि. नामको उक्त व्यवसायिक भवनलाई उनले होलसेल हबका रुपमा विकास गरिरहेका छन् ।