• जेष्ठ २६ २०८२, आईतवार

पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना सङ्क्रमण

माघ ४ २०७७, आईतवार

काठमाडौँ। देशभर थप २६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०८ जनाको परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार ९ सय १९ रहेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा चारसय जना सङ्क्रमित निको भएर घर फर्किएका छ। योसँगै हालसम्म नेपालमा दुई लाख ६१ हजार ४४४ जना सङ्क्रमित निको भइसकेका छन् ।

यसैगरी पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु छ ।योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।