• मंसिर ११ २०८१, मंगलवार

नेपाली पर्वतारोहीद्वारा हिउँदमा के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम

माघ ४ २०७७, आईतवार

काठमाडौँ। दश नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के २ को सफल आरोहण गरेका छन् ।पाकिस्तानमा रहेको यस हिमालमा हिउँदयाममा आरोहण गरी नेपाली टोलीले कीर्तिमान कायम गरेको छ ।
नेपाली टोली पाकिस्तानको स्थानीय समय अनुसार शनिबार बेलुकी ५ बजे माउन्ट के टु को सर्वाेच्च शिखरमा पुगेको थियो ।

शिखरमा पुग्ने १० नेपालीहरूमा निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका सेभेन समिटर्स ट्रेकले जनाएको छ ।जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमान कायम भएको भए पनि माउण्ट के २ भने यस अघि कसैले पनि माउण्ट के२ अरोहण गर्न सकेका थिएनन् ।