वासिङ्टन । अमेरिकाका ५० वटै राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियामा आगामी २० जनवरीमा हुने ‘इनगरेशन’ अघि सुरक्षा कडा पारिएको छ । यसै समारोहमा जो बाइडेनले राष्ट्रसित पदको शपथ लिनेछन् । सम्भावित हिंस्रक विरोध प्रदर्शनका कारण सबै राज्य अलर्टमा छन् ।
६ जनवरीमा भएको हिंसात्मक प्रदर्शन पुनः पैदा नहोस् भनेर देशभरी नेशनल गार्डको समूह वासिङ्टन पठाइएको छ । एफबीआईले पनि सबै ५० राज्यको राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीद्वारा सम्भावित सशस्त्र आन्दोलनको चेतावनी दिएको छ । डीसीमा नेशनल मललाई बन्द गरिएको छ ।
कडा सुरक्षाबिच राजधानीका सडकमा ब्यारिकेडिङ गरिँदै छ । बाइडेनको समूहले पहिले नै अमेरिकीलाई कोरोना महामारीका कारण राजधानीको यात्रा गर्न बाट बच्न आग्रह गरेका छन् ।
स्थानीय अधिकारीले मानिसहरुलाई समारोह आ–आफ्नै घरबाट हेर्न अपिल गरेको छ । ट्रम्प समर्थकले १७ जनवरीमा पनि सशस्त्र आन्दोलनको धम्की दिएका र वासिङ्टन डिसीमा र्याली निकाल्ने पनि बताएका छन् ।
यद्यपि, केही गुटले सुरक्षाको प्रबन्ध देखेर आफ्ना समर्थकलाई यसबाट टाढा रहन पनि बताइरहेका छन् । मेरिल्याण्ड, न्यू मेक्सिको र यूटामा सम्भावित विरोध प्रदर्शन अघि नै आपतकाल घोषणा गरिएको छ ।
क्यालिफोर्निया, पेन्सिल्वेनिया, मिशिगन, भर्जिनिया, वासिङ्टन र विस्कन्सिनले पनि आफ्ना नेशनल गार्डलाई सक्रिय गरिदिएको छ ।