अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बतएका छन । उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताए ।
नेकपा अर्घाखाँचीले सन्धिखर्कमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा सङ्घीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पारेका थिए । उनले भने, “राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अङ्गहरुसमेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो ।”
उनले पूर्वप्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरुलाई निर्वाचनमा जान डराएको आरोप लगाए । उनले निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डराएर देखिएको उनको भनाइ छ । ।