काठमाडौँ। देशभर थप २४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा पछिल्लो चौबीस घण्टामा तीन हजार ८१९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ६७ हजार ५६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ५८ छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ४७७ जना सङ्क्रमित निको भएका छन् ।योसँगै हालसम्म नेपालमा दुई लाख ६१ हजार ४४ जना सङ्क्रमित निको भइसकेका छन् ।
यसैगरी पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।