• मंसिर ११ २०८१, मंगलवार

किराँतीको कोकोहोलोः न समाउने हाँगो, न टेक्ने डालो

माघ २ २०७७, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पूर्वअध्यक्ष गोपाल किराँतीमा राजनीतिक, वैचारिक र सैद्धान्तिक विचलन आएपछि पार्टीको पोलिटब्यूरो बैठकले कारबाही गरि सल्लाहकारको भूमिकामा राखिएको थिायो । पार्टीको सो कारबाही किराँती स्वयमले स्वीकार गर्नुभएको हो । त्यसपछि पार्टीका तत्कालीन उपाध्यक्ष तिलक थापालाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएइएको हो । तर उहाँ पार्टीले दिएको जिम्मेवारीमा नरहेर पुनः अध्यक्षकै हैसियतमा पार्टीको सम्पूर्ण सगठनात्मक संरचना भंग भएको प्रेस विज्ञप्ति जारी गरेसँगै पार्टीले किराँतीलाई थप कारबाही गर्न बाध्य बनेको हो ।

यसरी वैचारिक विचलन भएपछि किराँतीले आफ्ना केही साथीहरु साथमा लिएर कोकोहोलो मच्चाउने दुस्साहस गर्न छाडेनन् । आफूसँग बचेखुचेका केही कार्यकर्ताहरुले एकपछि अर्कोगरि छाड्ने क्रमसँगै एक्लिएपछि केही अन्धभक्तहरुलाई प्रयोग गरि कथित पार्टी कार्यालय सचिव पासाङको नाममा यहि माघ १ गते जारी गरिएको विज्ञप्तिप्रति नेकपा (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो वैचारिक विचलनसँगै एक्लिएपछि आफ्नो पासाङको नाममा जारी विज्ञप्तिले अब किराँतीका राजनीतिक धरातल धरासायी बन्दै गएको प्रष्ट हुन्छ ।

आफूलाई पुज्दासम्म राम्रो मान्छे, हाम्रो मान्छे भन्ने र आफूलाई पुज्न छाडेपछि राजनीतिक धरातल भुली तल्लोस्तरमा ओर्लेर तथानाम गाली गर्ने स्वभाव पासाङको नाममा जारी गराइएको विज्ञप्तिबाट थप पुष्टि भएको छ । सबै कार्यकर्ताले छाड्दै गएपछि घर न घाटको स्थितिमा पुगेका किराँतीका आफन्तहरुको रोइलो देखेर टिठ लागेर आउँछ । किराँतीका छेउछाउकाहरुले कथाकथित आरोप थोपर्ने हाम्रोका वरिष्ठ नेता तिलक थापालाई विभिन्न आरोप लगाई अख्तियारको भाषामा विज्ञप्ति निकाल्न लगाई तल्लोस्तरमा ओर्लिएको देखेर किराँतीको भविष्यप्रति हामीलाई दया लागेर आएको छ ।

अब रह्यो कुमार याक्खा राईको कुरा, कुमार याक्खा राई भर्खरसम्म किराँतीसँगै रहेको र हालै हाम्रो पार्टीमा प्रवेश गरेपछि अनेकन आछेप लगाउँदै रोइलो गरेको देखेर सच्चा कम्युनिस्ट कार्यकर्ताहरुका सामु किराँती र उनका वरपरकाहरुको हैसियत प्रष्टिएको छ । हिजो कार्यालयमा सामन्ती पाराले कार्यकर्तालाई निर्देशन दिएर अरुले दुःख जिलो गरि जम्मागरि ल्याइदिएको आर्थिकमा हालीमुहाली गर्दै आएका किराँती अबका दिनमा त्यस्तो मस्ती नआउने प्रष्ट भएसँगै मानसिक सन्तुलन गुमेका मान्छे झैं भएका छन् र व्यक्ति व्यक्तिको नाम किटेर गालीगलौजमा उत्रिएका छन् ।

हामीले भावी दिनमा यसरी तल्लोस्तरमा नओर्लन सुझाब दिँदै किराँतीलाई आकाश फर्केर नथुक्न सुझाएका छौं । किराँती सुध्रिन छाडेर यस्तै रुपमा आगाडी बढेमा दुईदुई पटक मन्त्री हुँदा भएको गतिविधिको हाम्रो पार्टीलाई छानबिन गर्न बाध्य नबनाइयोस् अन्यथा किराँतीका कर्तुतहरु पनि बाहिर ल्याउन हामी बाध्य हुने जानकारी गराउँछौं । हाम्रो पार्टीका आम नेता तथा कार्यकर्ताहरुलाई किराँतीको धमिलो पानीमा माछा मार्न खोज्ने दुस्साहसप्रति सतर्क र सजक रहन आग्रह गर्दछौं । किराँती र उनका वरपरकाले फैलाएको भ्रामक कुरा प्रति विश्वास नगर्न अनुरोध छ । यसैबिच हाम्रो पार्टीको ३ नम्बर प्रदेश समितिले पनि उनलाई वैचारिक राजनीति गर्न, सच्चिन र छोडेको पार्टीका साथीहरुलाई तथानाम गाली नगर्न सुझाव दिएको छ । आफूलाई रुपान्तरण गर्न सके किराँतीको राजनीतिक भविष्य सुखद हुनेछ ।