काठमाडौँ। देशभर थप २ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रयोगशालामा ३ हजार ८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३ सय १ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३ सय ९० जना निको भएर घर फर्किएका छन् ।योसँगै निको हुनेहरुको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ संक्रमितको मृत्यु भएको छ । योसँगै मुलुकभर मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।