काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव भएरै छाड्ने दाबी गरेका छन् । बुधबार बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले चुनावी माहोल तयार पारेर भएपनि तोकिएको समयमा निर्वाचन हुने दाबी गरेका हुन् ।
बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका थिए । माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफल गरेका थिए ।
ओलीले चुनाव गर्नैपर्ने भएरे नै प्रतिनिधिसभा विघटन गरिएकाले अरु दलले भाग नलिएपनि चुनाव नरोकिने बताएका हुन् ।