• बैशाख ६ २०८२, शनिबार

पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना सङ्क्रमण

माघ १ २०७७, बिहीबार

काठमाडौँ। देशभर थप ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर गरिएकामध्ये चार सय तीनजनाको नतिजा पोजेटिभ आएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख ६६ हजार पाँच सय ४६ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४ सय २६ रहेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सय पाँच जना निको भएर घर फर्किएका छन् ।योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ ।

यस्तै पचिउल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ४३ पुगेको छ ।