• बैशाख ६ २०८२, शनिबार

भद्रकालीमा बस दुर्घटना, तीन जना घाइते

माघ १ २०७७, बिहीबार

काठमाडौं। बिहीवार बिहान काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि बस दुर्घटना भएको छ। बिहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन् । उनीहरूको अवस्था सामान्य छ।

ट्राफिक प्रहरीले बस तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ ।