लाफा ग्रुपले मगर भाषा, संस्कृति र भेषभूषा जोगाउने र प्रचार गर्ने उद्धेश्यले विशेष मगर भाषिक नृत्य प्रतियोगिता गर्ने भएको छ । माघे सकरातीको अवसरमा गर्न लागिएको सो प्रतियोगिता माघ १ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
गरिब अनि अशक्तलाई प्रोत्साहन, भाषा, संस्कृति जोगाउने हाम्रो अभियान भन्ने नाराहित प्रतियोगिता हुन लागेको हो । मगर भाषाको ‘पट्टकोके झोर्ले’ गीतमा कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्नेछन् ।
तोकिएको गीतमा कलाकारहरुले टिकटक भिडियो बनाएर पठाउने छन् । भिडियो पठाउने समय २०७७,१०,०१ गते बिहीबार नेपाली समय बिहान ८ः०० बजे देखि बेलुकि ८ः०० बजे सम्म तोकिएको आयोजकले जानकारी दिएको छ ।
प्रतिस्पर्धा दुई चरणमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सफल हुनेहरुलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको विनोद श्रीषमगरले बताए ।