काठमाडौं । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र वास्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ । सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बास्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विप्लव समुहका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ ।