• बैशाख ९ २०८२, मंगलवार

पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सङ्क्रमण

पुष २९ २०७७, बुधबार

काठमाडौं, देशभर थप ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४ सय ८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ सय १४ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेहरुको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।