• बैशाख ६ २०८२, शनिबार

देशलाई आवश्यक परे फेरि बन्दुक समात्नुपर्ने हुन सक्छ : प्रधान

पुष २९ २०७७, बुधबार

पूर्व प्रहरी महानिरीक्षक तथा राप्रपा नेता धुर्व बहादुर प्रधानले प्रहरीहरु देशको लागि कहिल्यै पूर्व नहुने बताएका छन्।

नेपाल पूर्व प्रहरी संगठनको दशौं राष्ट्रिय महासम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानले सो कुरा बताएका हुन्। देशको अवस्था सामान्य हुँदा जागिर खाएको निश्चित समयमा घरमै बसेर पेन्सन लिएर जीवन व्यतित गरेपनि देशको अवस्था असामान्य हँदा तालिम लिएको प्रहरीको जस्तो संगठन हेरेर मात्रै बस्न नसक्ने भन्दै देशलाई आवश्यक परे फेरि बन्दुक समात्नुपर्ने उनले बताए।

उनले भने “जागिरको लागि प्रहरीहरु पुर्व भएपनि देशको लागि प्रहरीहरु कहिल्यै पुर्व हुँदैनन्,देशको लागि आवश्यक परे प्रहरीले  फेरि पनि आफुले सिकेको र देशले सिकाएको बन्दुक चलाउने सीप देशको हितमा लगाउने पर्ने हुन्छ।”कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष वसन्त राज कुँवरले देशको नियम कानुन बनाउने र बजेट छुट्टयाउने स्थानमा पुर्व प्रहरीहरु नभएकोले पुर्व प्रहरीहरुका समस्या आजसम्म जति हुनुपर्थ्यो त्यती समाधान हुन नसकेको धारणा व्यक्त गरे। हरेक ४/४ वर्षमा हुने पुर्व प्रहरीहरुको कल्याणकारी संस्था नेपाल पुर्व प्रहरी संगठनको महासम्मेलन आजै राजधानी काठमाडौँमा शुरु भएको छ।

संगठनको आफ्नै भवन धापासीमा महासम्मेलनको उद्घाटन सत्र अध्यक्ष वसन्त राज कुँवरको अध्यक्षता र महासचिव नारायण गिरीको संचालनमा सम्पन्न भएको थियो । संगठनका ७७ वटै जिल्ला र ७ वटै प्रदेशबाट छानिएर आएका प्रतिनिधीहरुलाई वरिष्ठ उपाध्यक्ष विनोद सिंहले स्वागत गरेका थिए।

महासम्मेलनमा आजै बन्दसत्र भएर नयाँ कार्यसमिति छानिने छ भने अध्यक्ष वसन्त राज कुँवरको प्रतिवेदन र संशोधित विधान समेत पारित गरिने सम्मेलनमा उपस्थित प्रतिनिधि वीरसिंह घलेले जानकारी दिए।