काठमडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखिएको छ ।प्रतिनिधिसभा विघटनको मुद्दामा इजलासमा कार्की बस्न नमिल्ने भन्दै प्रश्न उठेपछि उनले इजलास छाडेका थिए ।
आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदै छ । प्रधानन्ययाधीश चोलेन्द्रशमशेर राणासहित इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।