• बैशाख ६ २०८२, शनिबार

भारतबाट थप १५ मेगावाट बिजुली खरिद गरिँदै

पुष २९ २०७७, बुधबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो ।

यो अनुमतिसँगै आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत ल्याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यसअघि प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत आयात गरिरहेको थियो ।

प्राधिकरणको विज्ञप्ति अनुसार टनकपुरबाट खरिद गर्ने विद्युतको प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ ९६.६२ नेपाली रुपैयाँ पर्छ ।

नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट (करिब १६ मेगावाट) विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।