• बैशाख ६ २०८२, शनिबार

पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना सङ्क्रमण

पुष २८ २०७७, मंगलवार

काठमाडौं, देशभर थप ४ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ हजार ३ सयको कोरोना परीक्षण गर्दा ४ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४ सय ८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ३ सय ९० जना निको भएर घर फर्किएका छन् ।योसँगै निको हुनेहरुको कुल संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ।