• मंसिर ११ २०८१, मंगलवार

संविधानको मर्म र भावनाको रक्षामा जुट्न : अध्यक्ष नेपालको आग्रह

पुष २७ २०७७, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )  दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको रक्षाका लागि सबैलाई आग्रह गरेका छन ।

नागरिक समाजले आज आयोजना गरेको नागरिक भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको मर्म र भावनाको रक्षाका लागि राजनीतिक दल र नागरिक समाजलाई अनुरोध गरेका हुन ।

नेकपाको संस्थापनका पक्ष आफुहरु नै एको जिकिर गर्दै पुर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगलाई समेत त्यसबारेमा जानकारी गराइसकेको तथा आधिकारिता दिन आग्रह गरिदिएको बताए ।

उनले भने, बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिका भरमा पार्टी नचली विधानसम्मत चल्ने स्पष्ट पारेका हुन ।

प्रतिनिधिसभा विघटनको बिरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको जिकिर गर्दै उनले देशलाई लोकतन्त्र र स्थायित्वका बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्ती बिच तालमेल गर्दै अघि बढ्नुपर्ने उनको बताए ।

आधिकारिता टुङ्ग्याउन आग्रह

नेपाल कम्युनिष्ट पार्टीको उक्त समुह संबिधान, कानुन र विधिका आधारमा पार्टीकोक आधिकारिता टुङ्गो लगाउन निर्वाचन आयोग संग आग्रह गरेका छन ।

नेता लीलामणि पोखरेलका अनुुसार, संबिधान राजनितिक दलसम्बन्धित ऐन र विभाजन अघिको पार्टीको विधानमा लेखिएकका आधारमा निर्णय गर्न आयोगलाई अनुरोध गरिएको छ । आयोगका पदाधिकारीसंग उक्त समृहका अध्यक्षद्धय नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले यसबारे छलफल गरेका थिए ।