काठमाडौँ। देशभर थप ४ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३ सय ७३ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ सय २७ जना निको भएर घर फर्किएका छन् ।योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरुको संख्या एक हजार ९२७ पुगेको छ।