• मंसिर ११ २०८१, मंगलवार

ओलीको प्रतिगमन : किन १० दिनमै सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

पुष २६ २०७७, आईतवार

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन १० दिनमै सकिएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको सरकारले पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाएपनि पुस २६ गते अधिवेशन नै अन्त्य गरेको हो ।

राष्ट्रियसभा तत्काल अन्त्य गर्नुको पछाडी सरकार अल्पमतमा रहेको अनुमान गरिएको छ । ६ महिनाभित्र अधिवेशन बोलाउनुपर्ने बाध्यता रहेका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी थिइन् ।

तर १० दिनमै अधिवेशन अन्त्य गर्नुको कारणबारे अनेक अड्कलबाजी भइरहेका छन् । खासगरी सरकारले राष्ट्रियसभामा अनेकौ आलोचना सामना गर्नुपर्ने कारण अधिवेशन अन्त्य भएको हुन सक्ने अनुमान गरिएको छ ।