• बैशाख ५ २०८२, शुक्रबार

शुक्लागण्डकीमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

पुष २६ २०७७, आईतवार

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसको अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिदाको दिन नगरपालिका कार्यालय, वडा कार्यालय र सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए ।