• मंसिर ११ २०८१, मंगलवार

वर्तमान सरकारको नेतृत्वमा समाजवाद आउँदैन : नेपाल

पुष २५ २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताएका हुन ।

पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई कारवाही गरिएको स्पष्ट गरेका हुन । पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यस विपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उनको भनाइ छ ।

सभामा पूर्वशिक्षामन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संविधान र जनताको भावना विपरीत भएको बताउँदै सभा पुनःस्थापना हुने जिकिर गरेका छन । कर्जन्हा – ५ का किसान नेता साहको २०४७ पुस २५ गते भारतमा निधन भएको थियो । पञ्चायत विरोधी आन्दोलनमा लागेका उनको शवसमेत तत्कालीन सरकारले नेपाल ल्याउन दिएको थिएन ।