कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले आज धनगढीस्थित मानव सेवा आश्रमलाई रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।
दिवङ्गत आमा स्व हरिमाया भण्डारीको स्मृतिमा मानव सेवा आश्रममा रहेका घरवारविहीन बेसहाराको भोजनका लागि भन्दै उक्त रकम सहयोग गरिएको कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै भण्डारीले छोरी निर्वाना भण्डारीको आज परेको जन्मदिनको अवसरमा भोजन सेवाका लागि रु पाँच हजार १०० पनि सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो । कैलालीको धनगढीस्थित मानव सेवा आश्रमले सडकमा छाडिएका, घरबारविहीन तथा वेसहारालगायत मानिसलाई आफ्नो आश्रममा राखेर सेवा गर्दै आएको छ ।