• बैशाख ५ २०८२, शुक्रबार

भारतीय लहरीले ठक्कर दिँदा, मोटरसाइकल चालकको मृत्यु

पुष २५ २०७७, शनिबार

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने चोरमारा जङ्गलमा भारतीय टेलर ( लहरी ) ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्व को मध्यविन्दु–७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी २२ एटी १०८७ नम्बरको लहरीले ना. २१ प. ७५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो भएको उक्त दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्वका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए । मृतकको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने लहरी, त्यसका चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खाँणको भनाइ छ ।