काठमाडौँ। देशभर थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६९९ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या कुल दुई लाख ५७ हजार ९२८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।