काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा जुलुस निकालिएको छ। । प्रधानमन्त्रीसमेत रहेका ओलीको समर्थनमा शनिबार काठमाडौंको विभिन्न स्थानबाट निस्किएका मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन् ।
उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो। जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो । काठमाडौंको विभिन्न स्थानबाट निकालिएको युवाहरूकाे र्याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।