काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार देशका ३३० प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागेको हो । विरोध कार्यक्रम दिउँसो १ बजेपछि हुने बताइएको छ। प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने छन् ।
सभापति शेरबहादुर देउवाले काठमाडौँको बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम छ।