• चैत्र २७ २०८१, बिहीबार

संसद विघटन विरुद्ध नेवि संघको उल्टो विरोध जुलुस (तस्विर सहित)

पुष २४ २०७७, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले संसद भंग गरि असंवैधानिक कदम चालेको भन्दै कांग्रेस निकट विद्यर्थी संगठन नेविसंघले आज काठमाडौंमा उल्टो हिँडेर सो कदमको विरोध जनाएको छ । माइतीघरबाट सुरु भइ बानेश्वरसम्म उल्टो हिँडेर नारा जुलुस गरिएको थियो । उत्तेजित जुलसले प्रधानमन्त्री ओली विरुद्ध चर्का–चर्का नारा लगाएको थियो । जुलुसमा अधिकांश युवाहरुको सहभागिता देख्न सकिन्थयो ।
संसद पुनःस्थापना गर, केपी ओली राजिनामा दे, पुस ५ को असंवैधानिक कदम खारेज गर, संविधानमाथिको दमन बन्द गर लगायतका नाराहरु लगाइएको थियो । प्रदर्शनमा उत्तजित भीडले आर्यघाटले के भन्छ केपी ओली ले भन्छ, केपी चोर, देश छोड जस्ता उच्छृङ्खल नाराहरु पनि लगाएका थिए । विरोध जुलुसमा नेवि संघका अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, बलदेव तिमल्सिना, युवराज पाण्डेलगायतले नेतृत्व गरेका थिए ।