• मंसिर ११ २०८१, मंगलवार

सङ्घीयताको मुटु प्रदेश सरकार

पुष २३ २०७७, बिहीबार

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताएका छन । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उनले बताए ।

आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत समालेका मुख्यमन्त्री राईले प्रदेश नं १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि सङ्घीयताको मुटु प्रदेश भएकाले यसलाई समृद्ध बनाउनुपर्ने बताए । उनले प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको तर्क समेत गरे ।

प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उनले बताए । मुख्यमन्त्री राईले भने , “चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।” समस्या पहिचान भएकाले उपचारको प्रक्रिया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकाबारे विभागीय मन्त्रीलाई पटकपटक सचेत गराएको उनले बताउँनु भयो । मन्त्रालयमा देखिएको बेथितिलाई पूर्णरुपमा निर्मूल गर्न निर्देशन दिएका छन । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनको भनाइ छ । प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्यअघि बढाइने जानकारी गराए ।

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिए पनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीलाई उनले आग्रह गरेका छ । प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।” आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनको भनाइ छ ।