मान्म । कालिकोटको महावै गाउँपालिकाले खरछाना मुक्त अभियान शुरु गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न तथा खरको छानामा बस्ने परिवारलाई खरको छानामुक्त अभियान थालेको हो । गाउँपालिकाले रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो ।
हावाहुरी चले खरको छानो उडाउने, आगलागी हुने र टिकाउ नहुने भएकाले खरको छानामुक्त अभियान थालिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए । पहिलो चरणअन्तर्गत गाउँपालिकाले अनुदान दिएर वडा नं ७ र ८ यो अभियान शुरु गरेको अध्यक्ष सिंहले बताए । उनले भने यो अभियान गाउँपालिका भरी लागु गर्ने भएका छौ ।
कार्यक्रम संघ प्रदेश र स्थानीय तीनतहका सरकारले सञ्चालन गरेका गर्ने भएको छ । खरको छाना भएका घर निकै जोखिममा रहेको र यसले मानवीय तथा धनजनको क्षति बढी गराउने भएकाले खरको छानामुक्त अभियानको आवश्यकता देखिएको अध्यक्ष सिंहको भनाइ छ । खरका छाना भएका घर विपत्तिको जोखिम भएको हुदा , “धनजनको हुने क्षति बचाउनका लागि खरको छाना हटाएर जस्तापाताको छाना स्थापित गर्ने गाउँपालिकाले जनाएको छ ।