• चैत्र २४ २०८१, सोमबार

भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु

पुष २३ २०७७, बिहीबार

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ । आज दिउसो २ः४५ बजेतिर कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार तर्फ  जादै गरेको ना ५ ख ७७५० नम्बरको मिनी बस दुर्घटना हुदा एक जनाको मृत्यु, एकजना घाइते एक बेपत्ता रहेको ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा बबई गाउँपालिका ३ दाङ्काका २२ बर्षिय चालक सुमन नेपाली रहेका छन । घाइते कालिमाटी गाउपालिका ४ खैरेनिका ३० वर्षीय इश्वर सुनार रहेका छन । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पतालले नेपालगञ्ज रिफर गरेको छ । नदीमा वेपत्ता भएकाको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।