काठमाडौँ। देशभर थप ४ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ६ पुगेको छ । देशभर सक्रिय संक्रमितहरुको संख्या ५ हजार ५८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ सय ८३ जना निको भएर घर फर्किएका छन् । यो सँगै देशभर निको हुनेहरुको कुल संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ०३ पुगेको छ ।