• चैत्र २४ २०८१, सोमबार

विप्लव समूहका काठमाडौं सेक्रेटरीसहित ३ जना पक्राउ

पुष २३ २०७७, बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काठमाडौं जिल्ला सेक्रेटरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले बताए ।

पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको बताइएको छ ।