धनगढी । नेकपाका अध्यक्ष केपी ओलीले नेता भीम रावललाई कारबाही गरेका छन् । सुदुरपश्चिम प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको छ । रावल नेकपा प्रचण्ड-नेपाल पक्षमा रहेका छन् ।
केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ । सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ । प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा चुनिएका छन् ।
थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको हो । ‘पुस २४ गते पार्टी अध्यक्ष केपी ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्ने भएकोमा उक्त कार्यक्रमलाई सानदार रूपमा सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ,’ ।
जानकारीमा आए अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले भीम रावललाई कारवाही सिफारिस समेत गरिएको छ । ‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ सूर्य थापाले थापाले फेसबुकमा लेखेका छन् ।