• मंसिर ११ २०८१, मंगलवार

नेकपा प्रदेश नं. २ संसदीय दलमा महतो निर्वाचित

पुष २१ २०७७, मंगलवार

काठमाडौं । प्रदेश नं. २ नेकपाको प्रचण्ड–माधव पक्षले प्रदेश संसदीय दलको नेतामा शत्रुघन महतोलाई चयन गरेको छ । नेकपा पार्टी दुईचिरामा विभक्त भएलगत्तै ओली पक्षीय संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रचण्ड–माधव पक्षले मंगलद्वारा बोलाइएको संसदीय दलको बैठकबाट अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलको नेताबाट हटाइएको हो । हाल बहुमतमा रहेको यो पक्षले अविश्वासको प्रस्ताव पारित गर्नका लागि मंगलबार दिउँसो २.० बजेदेखि २.४५ बजेसम्म मनोनयन दर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयतालिका राखे पनि निर्धारित समयमा महतोको मात्र उम्मेदवारी परेकाले महतोलाई निर्विरोध चयन गरिएको थियो ।

हाल प्रदेश नं. २ मा रहेको नेकपाको कुल ३२ सांसद संख्यामध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । निर्वाचित महतोको पक्षमा १९ जना सांसदको बहुमत हस्ताक्षर संकलन भएको छ ।