काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री देशलाई घाँडो भएको बताएका छन् ।
जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।
।
प्रधानमन्त्रीको संसद् विघटनको कदमबारे नेपालले भने, ‘त्यसैले यस्तो अवस्था नआओस् भनेर हामीले यो पटकको संविधानमा संसद विघटन गर्ने व्यवस्था राखेका थिएनौं। ज्ञानेन्द्र आएपछि लोकतन्त्र खतरामा परेको थियो। देशमा बेहाल अवस्था आएको थियो। त्यसपछि हामीले राजा फाल्यौं। न रह्यो बास न बज्यो बाँसुरी। त्यसपछि हामीले संविधानसभाबाट संविधान बनायौं। अनि हामीले स्थायित्व खोज्यौं। स्थायित्व भनेको व्यक्ति हैन। व्यवस्था खोजेका थियाैं।’
उनले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधि सभा विघटन गर्न सक्ने अधिकार नदिएको पनि बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।