काठमाडौं । नेकपामा प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाएको छ । माधव नेपालको अध्यक्षतामा सोमबार बसेको स्थायी कमिटी बैठकले पोखरेल र गुरुङको प्रदेश इन्चार्जको जिम्मेवारी खोसेको हो ।
गण्डकी प्रदेशको इन्चार्जमा माधव नेपाल पक्षले देवेन्द्र पौडेललाई जिम्मेवारी दिएको छ । यस्तै लुम्बनी प्रदेशको इन्चार्जमा पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मा दिइएको छ ।
त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राखिएको छ। प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।
प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो । पछिल्लो समय नेकपाको केन्द्रमा विभाजन आएपछि त्यसको असर सोझै प्रदेशमा परेको हो । जहाँ प्रचण्ड माधव नेपाल पक्षले ओली पक्षका नेताहरुलाई हटाउँदै गएका छन् ।