• मंसिर ११ २०८१, मंगलवार

राजसंस्था फर्काउने चेतावनी

पुष १७ २०७७, शुक्रबार

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले सडकबाट राजसंस्था फर्काउने चेतावनी दिएका छन् । सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित माग पूरा नभएमा सडकबाटै आफ्ना मान्यता स्थापित थापाले चेतावनी दिएका हुन् ।

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको पनि दाबी गरे । थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने चेतावनी दिएका हुन् ।

संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने पनि चेतावनी दिएका छन् ।